समाचार

सरकारी टाेलीबाट डा. केसीसँग वार्ताको पहल

काठमाडौं ।  अनसनमा बसेको १२ दिनपछि डा.गोविन्द केसीका माग सम्बोधन गर्ने बारे पहल भएको छ । मन्त्रिपरिषद् बैठकले बुधबार वार्ता टोली गठन गरेसँगै अनसनरत डा. केसीको मागका विषयमा छलफल गर्न टोलीले पहल थालेको हो ।
स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले वार्ताका लागि छलफल भइरहेको बताए । उनका  अनुसार बिहीबार नै वार्ता गर्ने तयारी भएपनि समय भने तोकिसकिएको छैन । डा. केसी अनसनमा बसेको लामो समय भइसक्दा समेत चासो नदेखाएको भन्दै सरकारको आलोचना भएपछि वार्ता टोली गठन भएको हो ।

बिहीबार १२ औँ दिन पनि डा. केसी अनसनमा छन् । उनको स्वास्थ्य अवस्था कमजोर बनेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।