काठमाडौं । दुई साताको उपचार पछि नेपाली कांग्रेस महामन्त्री शशांक कोइराला बुधबार डिस्चार्ज हुने भएका छन् । उनलाई बुधवार विहान डिस्चार्ज गरिने ओम अस्पताल स्रोतल जानकारी दिएको छ । निमोनियाको समस्याबाट पीडित कोइरालालाई दुई साता अघि ओम अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा संलग्न डा. लव जोशीले उनको स्वास्थ्यमा सुधार भएकाले बुधबार डिस्चार्ज गर्न लागिएको जानकारी दिए ।
उनले भने, ‘उहाँलाई दिइने एन्टिबायोटिक इन्जेक्सनको कोर्स मंंगलबार राति समाप्त हुन्छ, बुधबार विहान हामीले डिस्चार्ज गर्छौं ।’ कोइराला घर गए पनि करिब दुई सातासम्म भने आराम नै गर्नुपर्ने चिकित्सकहरुले सुझाएका छन् ।
४ साउन २०७३ ।
Comments