समाचार

साउने सोमबार, शिवालयमा श्रद्धालु भक्तजनको घुइँचो

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।
साउनको सोमबार शिवको पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका साथ महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । विहानैबाट देशभरका शिवालयमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । विशेषगरी महिलाहरुले साउन महिनाभर हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी साउन महिनाको हरेक सोमबार ब्रत बस्ने गर्छन् । यो वर्ष ५ वटा सोमाबर परेको हुँदा आजको दिनलाई अझ विशेषरुपमा लिने गरिनन्छ ।
३ साउन, २०७३ ।