समाचार

सिन्धुपाल्चकवासीलाई सधैँको सास्ती

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी अझै नरोकिएकाले सिन्धुपाल्चोकको बाह्रबिसे तथा तातोपानी आसपासका क्षेत्र जोखिममा छन् । तातोपानी, कोदारी र बाह्रबिसे बाढीको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

पानी पर्ना साथ नदीको बहाव बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दाको सुरक्षा तथा स्थानान्तरण लगायत विषयमा जिल्ला दैवी प्रकोप उद्धार समितिसहित सरोकारवाला निकायको बैठक बस्दैछ । सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रविन्द्र केसीका अनुसार भोटेकोशीको बाढीले अहिलेसम्म ७३ वटा घर बगाइसकेको छ । ८७ जनाको उद्धार गरी सुरक्षित ठाउँमा पठाइएको छ ।


२०७० साउन १६ गते यता सिन्धुपाल्चोकवासीले यस्ता प्राकृतिक प्रकोपका घटना व्यहोर्दै आएका छन् ।  जुरेमा आएको पहिरोको पिडा त छदैछ । त्यसपछि  २०७२ बैशाख १२ गतेको विनासकारी भुकम्पले ल्याएको विपत्ति पनि ताजै छ ।

यी दुइ ठूला विपत्तिको सामना गरेका सिन्धुवासी अहिले फेरि भोटेकोसीमा आएको बाढिको चपेटामा छन् । एक साता अगाडी तिब्बतिय हिमश्रृङखलामा ठुलो वर्षात पछि आएको बाढिमा कसैले ज्यान त गुममाउनु परेको छैन तर, भएका ज्यानलाइ अब कसरी जोगाउने भन्ने पिडाले भने पिरोल्न थालेको छ ।

भोटेकोसी बाढी पीडित मनवीय क्षतिबाट यो विपतमा जोगिएका दर्जनौ परिवारहरु सुरक्षित स्थानको खोजीमा थातथलो छाडेका छन् । थातथलो छाड्न नसकेकाहरु त्रासैत्रासमा बस्न बाध्य छन् ।

भोटेकोसीमा आएको बाढीले अहिलेसम्म झन्डै ७३ वटा भन्दा बढि घर कटान गरिसकेको छ भने सडक सञ्जालबाट सिन्धुपाल्चोकका ९ वटा गाविसहरु टुटेका छन् । मार्मिङ गाविसको वडा नम्बर ९ चाकु बजार र फुल्पिङकट्टी ४ को हिम्दी बजारमाथिबाट पहिरो खस्ने क्रम नरोकिदा स्थानीय त्रासमा बसेका छन् ।

३० असार,२०७३ ।