मनोरंजन

'कसैको हेराइमा' विधान फसेपछि भिडियोसहित

काठमाडौ । पछिल्लो समयमा युवापुस्ता माझ लोकप्रिय बन्दै गएको छ पाश्चात्य शैलीको पप संगीत । पश्चिमेली संगीतमा थपिएको छ हिपहप र ¥याप । यसरी नेपाली संगित क्षेत्रमा हिपहप गीतको क्रेज बढ्दो क्रममा छ । यही भिडमा देखिएका छन नव हिपहप गायक एवं ¥यापर बिधान रेश्मी (मगर) ।

उनले सत्य कथाबाट आधाररित रहेको ‘कसैको हेराइमा’ बोलको पप गीत बजारमा ल्याएका हुन् । एक किशोरीको जीवनमा गलत संगत र प्रेमले देखिने परिर्वतन र गलत मनस्थितीको भएका युवकसंग भेटपछि जीवनमा आएको समस्या र संकटले कसरीे उसको जीवनलिलानै समाप्त पार्छ भन्ने भिडियो मार्फत देखाइएको छ ।
‘कसैको हेराइमा‘’ लाई शैलेश श्रेष्ठकोे सम्पादन, अक्सेन्द्र झाको संगीत रहेको छ  भने गीतमा बिधान रेश्मी(मगर) र ऐसन डीले स्वर दिएका छन । गीत सुरज बिक्रम थापाले लेखेका हुन् ।  भिडियोलाई Cyclonic Official ले युट्युब माफर्त सार्वजनिक गरेको हो ।

भिडियो यस्तो छ....