समाचार

ट्रयाक्टर दुर्घटनामा ५ जनाको मृत्यु

ओखलढुंगा ।  ओखलढुंगा जिल्लाको फुलबारी ५ सानडारीमा ट्रयाक्टर दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी आखलढुंगा फुलबारी ५ का १४ बर्षीय मनिस खड्का, बिलन्द–५ का १५ बर्षिय बिष्णु बराल, सोही स्थानका मिलन घिमिरे, अमिर घिमिरे र खोटाङको च्यास्मीनटार गाबिस–५ का ३५ बर्षीय हरि बहादुर राईको घटना स्थलमै मृत्यु भएको हो ।

ड्राईभरले खाजा खान ट्याक्टर रोकेका बेला सहचालकले ट्रयाक्टर कुदाएकाले दुर्घनामा परेको प्रहरीले जनाएको छ ।