समाचार

विरोधकाबीच सेनाले भन्यो–‘स्वागत गर्नु स्वभाविक’

काठमाडौं । हालै भूकम्पपीडितको सहयोगार्थ काठमाडौंमा भएको अमरपंक्षी नामक कार्यक्रमा बलिउड कलाकारलाई नेपाली सेनाले गरेको स्वागत र टुडिखेल आयोजना भएको विषयले चर्चा पायो । भूकम्पपीडितको सहयोगार्थ उक्त कार्यक्रम एक अर्थमा सकारात्मक रुपमा लिनुपर्ने अवस्थामा नेपाली सेना नै आलोचित बन्नेसम्मको अवस्था सिर्जना भयो । कारण हो, सरकारी संयन्त्रले घेरिएको टुँडिखेलमा सोनाक्षी र मलाइका जस्ता दुई पन्छीले ‘छैयाँ–छैयाँ’ मच्चाउनु, भिआइपी कक्षको प्रयोग गर्न दिनु र  सेनाले नै उनीहरुलाई उच्चसुरक्षा दिनु आदि।

घोडा दौडने र दौडाइने टुँडिखेल र त्यसमाथि नेपाली सेनाको परेट खेल्ने ठाउँमा विदेशी ‘छैयाँ छैयाँ’ले ताली भन्दा गाली बढी खायो । एक वर्ष अघि त्यही टुँडिखेलको चौरमा लमतन्न सुतेकाहरुले ‘भूकम्प विर्सेर तीन–तीन घण्टा असिन–पसिन भए ।! मौका पर्दा नाकावन्दीमा सीमा क्षेत्रमा पलेटी कस्नेहरुलाई सत्तोसराप गर्नेहरुले तीन–चार घण्टासम्म भरत नाट्यम र कत्थकमा ‘सोनाक्षी–मलाइ’कालाई साथ दिनु एकअर्थमा अस्वभाविक पनि ठानियो । नेपाली सेनाको भूमिकालाई लिएर आमसर्वसारण तथा सामाजिक सञ्जालमा टिका–टिप्पणी भइरहेको छ । अहिले फेसबुक, टिवटरकावाल देखि चिया पसलसम्म सेनाको भुमिकालाई लिएर आलोचना भइरहेको छ ।  

तर, यता  भारतीय अभिनेत्रीहरुको स्वागतमा सैनिक अधिकृत सहभागी हुन स्वाभाविक रहेको नेपाली सेनाले स्पष्टिकरण दिएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा असहज अवस्था पैदा नहोस् भन्न सैनिक पोसाकमा सैनिक इन्जिनियरिङ निर्देशनालयका जर्नेल पुगेको सेनाको जिकिर छ ।