मनोरंजन

गतिलो भूमिका खोज्दै सुष्मा

काठमाडौं । कुनै समयकी हट नायिका सुष्मा कार्की अहिले गतिलो भूमिकाको खोजीमा रहेकी छन् । बजारमा आइटम गीतको अवस्था कमजोर हुनु र सुष्मा पनि फिल्ममा भन्दा म्यूजिक भिडियोमा सिमित हुनलेले उनी भूमिका विहीनको अवस्थामा पुगेकी छन् । हुनत, अहिले नेपाली चलचित्रमा आइटम गीतको क्रेज पनि खासै छैन ।
उनै सुष्मा कार्की अहिले फूर्सदिली बन्दै घरमै समय बिताइरहेकी छिन् । सुष्मालाई चलचित्रको अफरको ओइरो लागेको बताएपनि आफू अनुकुलको फिल्म नपाउँदा आफूले फिल्ममा हात अघि नबढाएको बताएकी छन् । उनी भन्छिन् ‘२ वटा चलचित्रको अफर आएको थियो, तर काम गरिन । अहिले घरमै दिन बिताइरहेकी छु ।’ सुष्माका अनुसार उनले काम नगर्नुको कारण भूमिका चित्त नवुझेर हो ।
उही धनी बाउकी छोरीको भूमिका नै आएपछि सुष्मालाई पनि काम गर्न मन लागेन । उनले केही चलचित्रमा धनी बाउकी छोरीको भूमिका निर्वाहा गरिसकेकी छिन् । सुष्माले अभिनय गरेको पछिल्लो चलचित्र ‘चलेस बतास सुस्तरी’ नराम्रोसँग चिप्लिएपछि उनको व्यस्तता घटेको हो । सायद, अब सुष्मा गतिलो भूमिकाको प्रतिक्षामा छिन् । बोल्ड सिनका कारण चर्चामा आइरहने सुष्मा एक कुशल नृत्यंगना भने हुन् । उनले दर्जनौं म्यूजिक भिडियोमा उत्कृष्ट नाच दिएकी छन् । उनी फिल्ममा आइटम डान्समा पोख्त मानिन्छन् । कुनै बेला उनले आइटम गीतमा एकछत्र राज समेत गरेकी थिइन् । उनी नेगेटिभ रोलमा पनि धेरै फिल्ममा देखा परेकी थिइन् ।
तर, आगामी फिल्लमा भने आफू कुशल र सकारात्मक भूमिकामा मात्र देखा पर्ने बताएकी छन् । किनकी उनलाई आफ्नो पूरानो भूमिकाले अहिले चित्त बुझ्न छाडेको भान भएको छ । हुनतः पछिल्लो पटक उनी फूर्सदिली बनेपछि यसो भनेकी पनि हुन सक्छिन् । तर पनि त्यो भने भोलिका दिनले देखाउने छ ।