समाचार

भव्य बन्दै नेपाल डे परेड

न्युयोर्क । गणतन्त्र दिवसको दिन पारेर अमेरिकाको न्युयोर्कमा गर्न लागिएको नेपाल डे परेड भव्य बन्ने भएको छ । न्युयोर्कमा रहेका तीन संस्थाको प्रमुख पहल तथा अन्य संघ संस्थाको सक्रियतामा नेपाल डे परेड मे २२ तारिख न्युयोर्कको म्यानहाटन ब्रोड वेमा २९ स्ट्रिटदेखि १८ स्ट्रिटसम्म गर्न लागिएको हो । 
नेपाल डे परेडका लागि अहिले प्रचार प्रसारको काम तिब्र भईरहेको छ । कार्यक्रमका लागि नेपाल आदिवासी जनजाति महासंघ, नेपाली जनसम्पर्क समिति र प्रवासी नेपाली मञ्च अमेरिकाले विशेष पहल गरेको छ । 
नेपाल चिनाउन र अमेरिकामा नेपालीको सक्रिय उपस्थिति जनाउन यो कार्यक्रम गर्न लागिएको आयोजकले बताएका छन् । कार्यक्रममा विभिन्न झाँकी पनि प्रस्तुत गरिने भएको छ । कार्यक्रममा सक्रिय रुपमा सहभागि हुन अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुलाई आव्हान गरिएको छ ।