समाचार

सदा झैं यस वर्ष पनि अभाव, रटान भने समयमै

काठमाडौं। सरकारी र सामुदायिक विद्यालयका पुस्तक यसवर्ष पनि समयमै विद्यार्थीको हातमा नपुग्ने भएको छ । किताब छाप्ने सरकारी निकाय जनक शिक्षा सामग्री लिमिटेडले अझै पनि आवश्यक संख्यामा किताब नछापेका कारण विद्यार्थीले समयमा किताब नपाउने निश्चित भएको हो । 
एक करोड ५० लाख किताव छापेको जनक शिक्षाले आवश्यक पर्ने अझै ३६ लाख किताव छाप्न नसकेकाले समयमै विद्यार्थीले किताव पाउने विषयमा शंका रहेको शिक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार बैशाख १५ गतेभित्रमा जनकले किताव छाप्ने प्रतिवद्धता जनाएपनि बैशाख १ गते शुरु हुने शैक्षिक सत्रको शुरुमै भने विद्यार्थीले भने किताव पाउन नसक्ने मन्त्रालयको भनाइ छ । 

मन्त्रालयका अनुसार कक्षा १ देखि ५ सम्ममा किताव छाप्नका लागि नीजि क्षेत्रका लागि जिम्मा दिइएको र ५ सम्मका किताव विद्यँर्थीसम्म पुगेको बताएको छ । मन्त्रालयले शिक्ष्ँक अभिभावक र स्थानीय सबै चनाखो रहन सके बैशाखभरिमा किताव सबै जिल्लामा पुग्ने बताएको छ ।  अघिल्ला वर्षमा कागज अभावको कारण देखाउँदै समयमा किताव छाप्न नसकेको जनक शिक्ष्ँँ सामग्री केन्द्रले यसपाली पनि नाकाबन्दी र भुकम्पका कारण किताव छाप्न नसकिएको बताएको छ । 
यसैबीच, पुर्वी नेपालको पहाडी जिल्ला भोजपुरमा कक्षा ६ र ७ का पाठ्यपुस्तक अभाव भएको छ । सबै विद्यार्थीको हातहातमा निशुल्क पाठ्यपुस्तक भन्ने सरकारको राष्ट्रव्यापी अभियान रहेपनि पाठ्यपुस्तक समयमैं पाउन विद्यार्थीले सकेका छैनन् । 
भोजपुरमा जनक शिक्षाका कक्षा ६ र ७ का पाठ्यपुस्तक अझै पुग्न सकेका छैनन् । ६ र ७ बाहेक बाँकी कक्षाको पाठ्यपुस्तक केही मात्रामा विद्यालयहरुमा प्राप्त भैरहेपनि ६ र ७ का पाठ्यपुस्तक सबैतिर पुग्न सकेको छैन । 

बैशाख २ बाट सबै विद्यालयमा विद्यार्थी भर्ना सुरु अभियान थालेको सरकारले बैशाख ५ लाई हातहातमा पाठ्यपुस्तक अभियानका रुपमा घोषणा पनि गरेको छ । तर सबैतिर पाठ्यपुस्तक नपुग्नुले सरकारको अभियान सफल नहुने देखिएको छ । निशुल्क वितरण गर्दै आएको माध्यामिक तह सम्मको पाठ्यपुस्तक शैक्षिक शत्र सुरु भैसक्दा पनि प्रकाशन जिम्मा पाएको जनक शिक्षा सामाग्रीले प्रकाशनमा ढिलाई गरेपछि पुस्तक अभाव भएको हो । पुस्तक अभावमा पढ्न र पढाउन असहज हुने शिक्षकहरुको भनाइ छ ।

पाठ्यपुस्तक खरिदका लागी पुस्तक डिलरहरुलाई आवश्यकता अनुसार रकम बुझाई सकेको जिल्ला शिक्षा कार्यालय भोजपुरले जानकारी गराएको छ । पुस्तक अभावको सन्दर्भमा पढाई नै बन्द गर्नु नपर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । सरकारले पर्याप्त पाठ्यपुस्तक समयमै उपलब्ध गराउन गरेको ढिलाईले सरकारको नारा र अभियान प्रभावित गरेको छ भने शैक्षिक गुणस्तर पनि खस्किँदै गएको छ ।