समाचार

बाक्लो ‘लु’का कारण जनजीवन प्रभावित

कालिकोट । बाग्लो लु लागेका कारण कालिकोटको जनजीवन प्रभावित भएको छ । 
सामान्यतया गर्मिको समयमा पनि चिसो भईरहने कालिकोटमा यस वर्ष लामो समयदेखि परेको खडेरीका कारण बाग्लो लु लाग्नुका साथै चर्को गर्मिको महसुस गरिएको छ । गर्मीका कारण पेय पदार्थहरुका बिक्रीमा वृद्धि भएको व्यापारीहरु बताउछन् । 
२०७२ सालको साउन महिनादेखी परेको खडेरीका कारण कालिकोट जिल्लाका बिभिन्न गाविसहरुमा बर्षेबालीमा ६० प्रतिशतदेखी ९० प्रतिशतसम्म उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । फेरी अहिले हिउदे बालीमा पनि खडेरीपरेकाले ठुलो भोकमारी हुने भन्दै कृषकहरु चिन्तित भएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत शनिबारको खेलमा नेपाल विजयी, नामिविया पाँच विकेटले पराजित ।