मनोरंजन

कामेश्वरको कमेडी अमेरिका बोइजको अस्त्र !

काठमाडौं, ७ चैत । चलचित्र अमेरिका बोइज को टिजर सार्वजनिक भएको छ । टिजर कमेडीले भरिएको छ । अमेरिकाबाट फर्किएका अभिनेता अर्पण थापाको बाटोमा कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा लगायतका पात्र अवरोध बनेका छन् । टिजरमा कामेश्वर हावी छन् ।
प्रवेश पौडेलको निर्देशनमा तयार भएको फिल्ममा श्रृष्टी कार्की, अभय बराल, आशिश प्रसाईँ, शारदा गिरी लगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ । निर्देशक पौडेल आफैंले उक्त फिल्मको कथा लेखेका हुन् । प्रकाश भुजेल र इन्द्र प्रसाद खरेल निर्माता रहेको फिल्मको लागत दुई करोड रहेको बताइएको छ । समिर खरेल फिल्मका कार्यकारी निर्माता हुन् । अनुप थापा, यमुना खरेल र राज केसी सह–निर्मातामा रहेका छन् ।
फिल्मलाई आलोक सुक्लाले खिचेका हुन् । ३ युवाले गर्ने एउटा गल्तीबाट उत्पन्न हुने समस्याको कथा बोल्ने फिल्ममा निमेश श्रेष्ठको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, दीपक आरजे र जयन जे वाइवाको संगीत छ । सीबर्ड्स पिक्चर्स र बडी इन्टरटेनमेन्टको ब्यानरमा चलचित्रको निर्माण गरिएको हो ।