मनोरंजन

रुम्जाटार च्यारिटी नाइट भव्य बन्यो, २० लाख संकलन

काठमाडौं, ५ चैत । ओखलढुंगाको रुम्जाटारस्थित गुम्बाको निर्माणार्थ बेलायतमा आयोजना गरिएको ‘रुम्जाटार गुम्बा च्यारिटी नाइट’ भव्यरुपमा सम्पन्न भएको छ । शनिबार बेलायतस्थित एल्डरशटको एम्पाएर हलमा भव्य कार्यक्रममा बीच च्यारिटी नाइट सम्पन्न भएको हो । 
बेलायतको थर्ड आइ टिमलेको आयोजना भएको सो च्यारिटी कार्यक्रमबाट २० लाख भन्दा बढी रुपियाँ संकलन भएको कार्यक्रम संयोजक बिष्णु गुरुंगले जानकारी दिए । उनले सो रकम ओखलढुंगाको रुम्जाटारमा निमार्णाधीन गुम्वालाई सहयोग गरिने बताए । थर्ड आईको निमन्त्रणामा बेलायत आएका कलाकारहरु आनन्द कार्की, सुकमित गुरुङ, मीनादेवी निरौला, राजु राजबाहक, सरु थापा, रवि डंगोल, नम्रता योगी सहित मीरा राणा, मौसमी गुरुंग र स्थानीय सयपत्री कल्चर समुहले बिबिध सांगीतिक प्रस्तुती दिएका थिए । आयोजक संस्थाका विकास देवकोटाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकारहरु , दर्शक र आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिए । 

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष कुल आचार्य, एनआरएनए युकेका अध्यक्ष योग फगामी, उपाध्यक्ष शेर सुनारसहित समाजसेवीहरु सूर्य गुरुङ सहित बेलायतमा बस्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । विगत केही वर्ष यता नेपाली चलचित्र, गीत–संगीत र कलाकारहरुको लागि निरन्तर विभिन्न कार्यक्रम गर्दै आएको बेलायतको थर्ड आई कम्पनीले अहिले सामाजिक कार्यक्रको लागि अग्रसरता देखाएको हो । विदेशी भूमिमा अधिकांश कार्यक्रमहरु रमझमका साथै नाम–दाम कमाउने उद्देश्य अनुरुप गरिने भएपनि यो कार्यक्रम भने नेपालको पर्यटकीय क्षेत्र रुम्झाटारमा गुम्बा निर्माणका लागि गरिएको आयोजकले जनाएको छ । 
च्यारिटी नाइट भव्य बनाउन नेपालबाट त्यहाँ पुगेका दर्जन बढी कलाकारले आफ्नो कला र गलाले उपस्थितहरुलाई भरपूर मनोरञ्जन प्रदान गरे । बेलायतमा बसेर नेपाली गीत–संगीत, चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तारमा सहयोग पु¥याउने हेतुले वरिष्ठ कलाकार सनमकुमार बैराग, समाजसेवी अजय राई र विकास देवकोटाले थर्ड आई कम्पनी सञ्चालनमा ल्याएका हुन् । यीन तीन जनाको बलबुतोले छोटो समयमै बेलायतमा  थर्ड आई कम्पनी प्रतिष्ठित बनेको छ । यसका पछाडी उनीहरुको लगनशीलता र कामप्रतिको जिम्मेवारी नै महत्वपूर्ण पक्ष हो ।