समाचार

नेपालमा महिला अधिकारकाे अवस्था सुधाराेन्मुख

काठमाडाैं, २४ फागुन ।  महिलाको हक, अधिकार, क्षमता वृद्धि तथा लैङ्गीक समानताको लागि विश्वभर निरन्तर लडिरहन कटिवद्ध रहेको युएन ओमेनले जनाएको छ ।  अन्तराष्ट्रिय महिला दिवश सन् २०१८ को उपलक्ष्यमा काठमाडौंको भएको कार्यक्रममा वोल्दै संस्थाकी Country Representative Wenny Kusuma ले विश्वमा ठूलो चुनौतिको रुपमा रहेको पेशा पत्रकारीतामा नेपालमा उल्लेख्य मात्रामा सहभागिता रहेकोमा खुसी व्यक्त गर्दै निरन्तर लागि रहन आग्रह गरेकी छिन् । 

विश्वको तुलनामा नेपालमा महिला माथि हुने हिंसा तुलनात्मक रुपले कम हुने क्रममा अघि वढ्दै गएको तर नेपालको कानुनमा विभेद नभए पनि व्यवहारमा भने विभेद रहेको बताएकी छिन् ।  उनले नेपाली महिला तथा महिला जनप्रतिनिधिहरुलाई अवको पाँच वर्षसम्म निरन्तर क्षमता अभिवृद्धिका कार्यहरु गर्दै जाने, महिलाको आर्थिक स्थितीमा सुधारका कार्यहर गर्दै जाने र महिलाको निम्ती आवश्यक कानुन परिवर्तन गर्न सरकारलाई निरन्तर सहयोग गर्ने वताएकी छिन् । युएन ओमेन विश्वभर महिला हिंसा तथा मानव वेचविखनको विरुद्धमा लडिरहेको र निरन्तर लागि परिरहने भएकाले विश्वभरका सम्पूर्ण आमावुबा, दाजुभाई दिदिवहिनीको सहयोग आवश्यक पर्ने धारण राखेकी छिन् ।

नेपालको समावेशी तरिका विश्वको उत्कृष्ट प्रकृया भएकाले अन्य मुलुकले पनि समावेशिताको वारेमा वनेको कानुन तथा तरिकालाई अवलम्बन गर्दै गएकोले यसलाई व्यवहारमा लैजान सके नेपालमा महिला हिंसा, मानव वेचविखन, वैदेशिक रोजगारीमा ठगी लगायतका सम्पूर्ण कुराहरुको अन्त्य हुनेमा विश्वास गरेकी छिन् ।  त्यस्तै टिका दाहालले महिला विरुद्धको यौन दुव्र्यहार, हिंसा र भेदभाव मुख्य समाचार र सार्वजनीक वहसको विषय बनेको र त्यसको परिवर्तनका लागि दृढता बढाउने वताएकी छिन् । 

त्यस्तै समा श्रेष्ठले देशमा महिलाहरुको प्रतिनिधित्वका मुद्दाहरु उठाउँदै यसलाई व्यवहारमा रुपान्तरण गर्न, ग्रामिण र सहरीक्षेत्रमा महिलाको सशक्तिकरण गर्न र महिलाको अधिकारको दावि गर्न र त्यसलाई पूर्ण रुपले साकार पार्न अटुट रुपमा काम गरिरहेका बताएकी छिन् । 

कार्यक्रममा वोल्दै कार्यक्रम अधिकृत रचना भट्टराईले कोही पनि नछुटुन भन्ने दिगो विकास लक्ष्यहरुको वाचालाई वास्तविकतामा परिणत गर्न ग्रामिण क्षेत्रहरुमा तत्काल कदम चाली महिलका लागि पर्याप्त जीवनस्तर, हिंसा र रुढिवादी परम्पराबाट मुक्त जीवनका साथै भूमि तथा उत्पादक सम्पत्तिमा समान पहुँच, खाद्यय सुरक्षा र पोषण, मर्यादित काम, शिक्षा र स्वास्थ्यका साथै महिलाको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सुनिशिचत गर्नुपर्ने धारणा व्यक्त गरेकी छिन् ।