समाचार

करेण्ट लागेर बालकको ज्यान गयो

बारा, ११ पुस । बाराको कलैया उपमहानगरपालिका २० बसन्तपुर टोलमा सोमबार साँझ करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । साँझ ५ बजे खेल्ने क्रममा स्थानिय ५ वर्षिय राहुल साहलाई करेण्ट लागेको थियो । बालकको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।