समाचार

कालीकोट तनावग्रस्त, सदरमुकामा कर्फ्यू

कालीकाेट, ९ पुस । म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको विषयमा बढेको तनावका कारण कालीकोट सदरमुकाममा शनिबारदेखि लागेको कर्फ्यूकायमै छ । प्रहरीले हानेको गोली लागि ज्यान गुमाएका ऐडीको परिवारलाई राहत तथा घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने परिवार, आफन्त र अधिकारकर्मीको माग छ ।
घटनाको विरोधमा शनिबार जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेपछि भएको झडपमा २० जनाभन्दा बढी स्थानीय बासिन्दा र एकजना प्रहरी घाइते भएका छन् । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले अर्काे आदेश नहुन्जेलसम्मका लागि जिल्ला सदरमुकाममा निषेधाज्ञा लगाएको हो ।
सेवा सुविधा कम भएको भन्दै म्यादी प्रहरीले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा शुक्रबार सान्नित्रिवेणी गाउँपालिका–४ का म्यादी प्रहरी ऐडीको ज्यान गएको थियो । घटनाको अध्ययन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि कालिकोट आइपुगेको छ । समस्या समाधानको लागि आइतबार वार्ताको तयारी छ । एेडीकाे मृत्युकाे विषयलार्इ लिएर काठमाडाैंमा पनि अान्दाेलन चर्काएका छन् ।