समाचार

मिठाइ किन्दा ख्याल गराैं, ठगिनुहाेला

काठमाडाैं, २ कार्तिक । मिठाई किन्दा व्यापारीले मनपरी रुपमा ग्राहकलाई ठग्ने गरेका छन् ।  विभिन्न प्रकृतिका मिठाईहरुमा प्रतिकिलो १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ । बढी मूल्य लिएको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संंरक्षण विभागले काठमाडौं बानेस्वरस्थित संगम स्वीटलाई चित्त बुझ्दो जवाफ पेस गर्न निर्देशन दिएको छ ।
तिहार नजिकिएसँगै अन्य समयको तुलनामा मिठाई पसलमा ग्राहकको भिड दिनप्रतिदिन बढेको छ ।