काठमाडौं, २५ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हतयाको एक दिन वितिसक्दा पनि प्रहरीले अपराधीबारे कुने सुँईको पाउन सकेको छैन । सोमबार दिउँसो घरबाट गाडी चढेर निस्केको गौचनको अज्ञात समहुले गोली हानी हत्या गरेको थियो । गोली हानेलगत्तै दुई युवा मोटरसाईकल चढी बेपत्ता भएका थिए ।
प्रहरीले गौचनको हत्यामा सार्व सुटरको प्रयोग भएको हुन सक्ने अनुमान गरेको छ ।
छाती र पेटमा लगातार तीन गोली प्रहार भएलगत्तै अचेत भएका गौचनको अस्पताल नपुग्दै मृत्यु भएको थियो ।, यो खबर आजको कान्तिपुरमा छ ।
असुली धन्दामा सक्रिय गुन्डा समूहबाट चन्दा नदिएको निहुँमा हत्या गरेको हुन सक्ने अनुमान गरिए पनि हत्याको विन्दुसम्म पुग्नुअघि समूहले गौचनलाई कसरी सताएको थियो भन्नेबारे प्रहरीले पत्तो पाएको छैन । गुलाबी रंगको टिसर्ट र हेल्मेट लगाएका अधबैंसे युवाले हत्या गरेको भन्ने सूचनाबाहेक अपराधीबारे कुनै जानकारी छैन । प्रहरीले गौचनको मोबाइल संवाद र एसएमएस डिटेल केलाएर घटनामा कसको संलग्नता थियो भनेर पत्ता लगाउने प्रयास थालेको छ ।
हत्यामा भारतमा बसेर व्यवसायीसँग चन्दा असुली गरिरहेको मनोज पुन समूहको संलग्नताको आशंका गरिए पनि यसको पनि कुनै भरपर्दो आधार फेला परिसकेको छैन । गत वर्ष व्यवसायी एवं युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेपछि पुनको समूह चर्चामा आएको थियो ।
उनको समूहमा काठमाडौंको बाफल क्षेत्रमा प्रभाव जमाएका भनिएका समीरमान बस्नेत, तिब्बती शरणार्थीका रूपमा भारतको धर्मशालामा बस्ने लोप्साङ लामा छन् ।
गौचनको हत्यालगत्तै लोप्साङले केही प्रहरी अधिकारीलाई फोन गरेर घटनाको जिम्मेवारी लिएको स्रोतले जनायो । यही समूहले सोमबार अन्य केही निर्माण व्यवसायीलाई पनि इन्टरनेट कलमार्फत धम्की दिएको सूचना प्रहरीमा पुगेको छ ।
गत चैतमा गौरीघाटको एक फिटनेस क्लबमा रहेका गुन्डा दावा लामामाथि गोली हानेको घटनामा पनि लोप्साङले जिम्मेवारी लिएका थिए । लामा र गौचन दुवैमाथि उस्तै प्रकृतिले गोली हानिएकाले पनि प्रहरीले पुनको समूहको संलग्नता हुन सक्ने प्रारम्भिक अनुमान गरेको हो ।
गौचन हत्याप्रकरणः पैसाको लेनदेन नै मुख्य कारण
यसैबीच, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको कारण पैसाको लेनदेन रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।
गएको असोज ९ गते खोलिएको हुलाकी राजमार्गको १२ अर्बको ठेक्काको रकम वितणमा देखिएको मनमुटावका कारण हतया भएको जस्तो देखिएको घटनाको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
प्रहरीले उक्त ठेक्का ककसको नाममा परेको र ठेक्का लागि अध्यक्ष गौचनसंग मालमो लाई गर्ने समुहको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।, यो खबर आजकोनेपाल समाचारपत्रमा छ ।
Comments