समाचार

अब भूकम्प पीडितलाई निर्ब्याजी ऋण

काठमाडौं, २३ असोज । सरकारले भूकम्प पीडितहरुलाई घर निर्माणका लागि धितो जमानीबाट निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधिलाई संशोधन गर्दै धितो जमानीबाट निर्ब्याजी ऋण उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउन बैंकहरुले नमानेपछि सरकारले त्यसलाई सम्बोधन गरेर धितो जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने निर्णय लिएको हो।
यस्तै, बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दरबन्दी संगठन संरचनालाई स्वीकृत गर्ने निर्णय पनि गरेको कार्कीले बताए।