समाचार

मेलम्चीको पानी चैतमा !

काठमाडौं, २० असोज । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्न अझै १६ सय मिटर बाँकी रहेको छ । पुससम्ममा सुरुङ खन्ने काम सम्पन्न गरेर चैत अन्तिमसम्ममा मेलम्चीको पानी उपत्यका ल्याउने मेलम्ची खानेपानी आयोजनाको दाबी छ ।
आयोजनाका उपनिर्देशक रमाकान्त दुवाडीले भने, (दैनिक २०–२५ मिटर सुरुङ खन्ने प्रतिवद्धता ठेकेदारले जनाएका छन् । यस बर्षभित्रै पानी आउँछ । अब निराश हुने अवस्था छैन । यस अघि दशैंभित्र नै मेलम्चीको पानी काठमाडौं आउने जनाइएको थियो ।