समाचार

काठमाडौंमा भेटियो कालो कोकिन, युरोप र अमेरिका पुर्याउन नेपाललाई ट्रान्जिट

काठमाडौं, ९ असोज । ब्राजिलर पेरुमा बनेको कोकिन नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिकी देशमा पुर्याउन नाईजेरिंयाली र बोलिभियाली तस्करले विभिन्न उपाय अपनाउने गरेका छन् । नेपालमा पक्राउ परेका कोकिन् तस्करले सिलप्याक माछाको बट्टा र माछा मार्ने तारको बन्डल प्रयोग गर्ने गरेका थिए । २०६८ बाट नेपालमा कोकिन फेला पर्न थालेको हो । 
७ बर्षबीचमा पक्राउ परेका कोकिन भरियाबाट प्रहरीले सेतो धुलोका रुपमा कोकनि बरामद गर्दै आएको थियो । आइतबार लागुऔषध नियन्त्रण ब्युरोले २ किलो ७ सय ग्राम कोकिनसहित भारतीय र बोलिभियाली नागरिक पक्राउ गरेपछि उनीहरुले नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिका पुर्याउन कालो कोकिन बोक्ने गरेको खुलेको छ ।