समाचार

डा. केसी आजदेखि फेरि अनशन बस्दै

काठमाडौं, २१ भदौ । चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबार९आज०देखि फेरी डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने भएका छन् ।
मागप्रति सरकार सम्वेदनशील नभएकोले अनशन फेरी बस्न लाग्नुभएको डा. केसीका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले जानकारी दिए । डा. केसी विभिन्न चरणमा गरी ११ औं पटक अनशन बसिसकेका छन् ।