काठमाडाैं, १८ भदाै । खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुहोस् । हरियो लगाएको मात्र मासु खानुस् । किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन् । दशैंमा राजधानी भित्र्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य खसीबोकाको मात्र मासु खान अनुरोध गरेको छ ।
दसैंमा विभिन्न जिल्लासहित भारतबाट पनि ठूलाे मात्रामा खसी बाेका राजधानी भित्रिने भएकाले अाम उपभाेक्ताकाे स्थास्थ्यलार्इ मध्यनजर गर्दै खसी बाेकाकाे परीक्षण थालिएकाे हाे । परीक्षणका क्रममा अस्वस्थ खसीकाे सिङमा रातो लगाइने गरिएकाे छ भने स्वस्थलार्इ हरियाे ।
Comments