समाचार

काठमाडौंमा अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन हुँदै

काठमाडौं, १४ भदौ । आगामी बिहीबारबाट काठमाडौंमा ‘अन्तर्राष्ट्रिय सनातन हिन्दु सम्मेलन’ हुने भएको छ ।  हिन्दु धर्मको विश्व राजधानी नेपाललाई बनाउने योजनासहित विहीबारबाट त्रिदिवसीय सम्मेलनको आयोजना गर्न लागिएको हो । 
नेपाललाई वैदिक सनातनीहरुको अन्तराष्ट्रिय केन्द्र बनाउने गरी विविध विषयमा छलफल गर्न अन्तराष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिएको सनातन संस्कृति समाज, नेपालका संयोजक हरिबोल भट्टराईले जानकारी दिनु भयो । 
काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले कार्यक्रमलाई सफल बनाउन पनि सबैमा आग्रह गर्नु भयो ।  अन्तराष्ट्रिय सम्मेलनमा ‘विश्व तापमान वृद्धि÷मौसम परिवर्तनमा वैदिक सनातन धर्ममा समस्या समाधानका उपायहरु’ विषयमा पनि छलफल हुने बताइएको छ । सम्मेलनमा विश्वका प्रतिष्ठित हिन्दु धर्म गुरुहरु उपस्थित हुने आयोजकले बताएको छ ।