समाचार

अख्तियार लगाएर कुलमान हटाउने खेल !

काठमाडौं, १३ भदौ । दैनिक १२ भन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर  वाहवाही कमाएको नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागि परेका छन् । 
गत बर्षको भदौ २९ गते चार बर्षका लागि नियुक्त घिसिङ्लाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगको बैसाखी टेकेर हटाउन लागिएको हो । 
लोडसेडिङ सधैकाल लागि अन्त्य गरी उज्यालो नेपाल बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ती छानविन गर्न आयोगनमा निवेदन दिएको खुलासा भएको छ ।, आजको नागरिकदैनिकमा यो खबर छ ।