समाचार

३३ किलो चरेस बरामद, ४ जना पक्राउ

बाँके, ७ भदौ । मध्यपश्चिम क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज सल्यानीबागस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ ।  गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक अरुणकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार राति ३२ किलो ७०० ग्राम चरेससहित चार जनालाई पक्राउ गरेको हो । 
बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार पक्राउ पर्नेमा नेपालगन्जका सोपबहादुर पुन, दिपकुमारी पुन, प्रेमा चन्द र बर्दियाका हिरा बुढा रहेका छन् ।