समाचार

बैंक खाताको रकम २० वर्षसम्म नचलाए जफत !

काठमाडौं, ३२ साउन । बैंक खातमा राखेको पैसा २० बर्षसम्म नचलाए जफत हुने  भएको छ । यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ग्राहकले समय समयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत हुने छैन ।
यस्तै बेलाबखत आफ्नो खाताबाट रकम झिक्ने र रकम जम्मा गर्ने काम गरियो भने पनि खाता निष्क्रय हुँदैन । पैसा जम्मा गरेको १० वर्षदेखि खाता चल्तीमा छैन वा कसैको पनि हकदाबी परेको छैन भने सम्बन्धित बैकले त्यस्तो खाताको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । 
२० वर्षसम्म खातको पैसा बुझ्न नगएमा राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्नुपर्नेछ । बैंक खाता बन्द गर्दा पनि ग्राहकले शुल्क तिर्नुपर्ने भएको छ । खाता खोलेको ६ महिनाभित्रमा खाता बन्द गर्नुपरेमा शुल्क तिर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । आजको अन्नपूर्णमा समाचार छ ।