समाचार

सरकारद्वारा उद्धार तथा राहतमा सहयोग गर्न अाम नागरिकमा अपिल

काठमाडाैं, २९ साउन । सरकारले मुलुकका विभिन्न भागमा बढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि खोज, उद्धार तथा राहत वितरणमा सहयोग पु¥याउन आह्वान गरेको छ ।  शनिबार साँझ एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउन उद्योगी, समाजसेवी तथा सामाजिक संघसंस्थाहरुलाई आग्रह गरेको हो । 
मन्त्रालयका अनुसार बाढी तथा डुवान प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तालिम प्राप्त सुरक्षाकर्मी र अन्य जनशक्तिको परिचालन गरिएको छ । 

बाढी तथा पहिरो प्रभावित ११ जिल्लामा नेपाल प्रहरीका पाँच हजार ६००, सशस्त्र प्रहरीका एक हजार सातसय र नेपाली सेनाका आठ हजार तीनसय तालिम प्राप्त सुरक्षाकर्मी र हेलिकोप्टर खोज तथा उद्धारमा खटिएका जनाइएको छ । 

उद्धार गरिएकालाई विद्यालयलगायतमा आश्रय दिइएको र जिल्ला दैवीप्रकोप उद्धार समितिले खानाको व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, मन्त्रालयले औषधिसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरेको छ ।  मन्त्रालयले यस विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ । 

देशभर ३३ जनाको मृत्यु
गृहमन्त्रालयका अनुसार हाल सम्म मुलुकका ११ जिल्लाहरु ( पाँचथार– ४, सिन्धुली– ४, झापा– ४, मोरङ–३, सुनसरी –७, सर्लाही– २, बारा –२,  दाङ– १ बाँके –४, मकवानपुर– १, पाल्पा –१) गरी ३३ जनाको मृत्यु, ४ जना वेपत्ता र केही घाइते भएको जनाएको छ । डुवानका कारण अलपत्र परेका नागरिकहरुको खोज तथा उद्दारकार्यमा सरकार तिव्रताका साथ लागिरहेको समेत उल्लेख गरेको छ ।