समाचार

अनशनरत डा. केसीको स्वास्थ्य अत्यन्तै जोखिममा

काठमाडौं, १९ चिकित्सा शिक्षामा सुधारको माग राखेर आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जोमिपुर्ण अवस्थामा पुगेको चिकित्सकले बताएका छन् । अनशन बसेको आज १८ औं दिन पुग्दा पनि अझै ठोस वार्ता हुन सकेको छैन । 
चिकित्साकहरुले डा. केसीको स्वास्थ्यमा संक्रमणको उच्च जोखिम बढेको भन्दै बिशेष कारणबाहेक नजिक जान र भेट्नसमते रोक लगाएका छन् । केसीको स्वास्थ्य अवस्था अनुगमन गरिरहेको चिकित्सक टोलीका तर्फबाट वरिष्ठ फिजिसियन डा. दिब्यसिंह शाहले मुटुको चाल बारम्बर अस्थिर भई धेरैपटक २०० हाराहारीमा पुगिरहेको बताइन्। डा. केसीको मागमा समर्थन जनाउँदै चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा पनि ठप्प पारेका छन् ।