समाचार

बागलुङमा पहिरोको पीडा, पाँचको ज्यान गयो

बाग्लुङ, २० साउन । बाग्लुङका विभिन्न ठाउँमा पहिरो जाँदा एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण निशीखोला २ बाहुन गाउँमा पहिरो गएको हो ।पहिरोमा पुरिएर ६८ वर्षका मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षकी नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र १८ वर्षीया छोरी गीता छन्त्यालको मृत्यु भएको हो । 
उता, निशीखोला १ हुल्दीमा पनि पहिरो गएको छ । पहिरोमा परेर बृद्धा वेपत्ता भएकी छन् । पहिरोले घर बगाउँदा ७५ वर्षका झोगेन्द्रबहादुर सिंजालीका श्रीमती ७० वर्षकी खगिसरा सिंजाली पुरिएको प्रहरीले जनाएको छ ।यस्तै ढोरपाटन नगरपालिका ५ पाखापानीमा पहिरोमा परेर ५५ वर्षका ओमप्रकाश कामीको मृत्यु भएको छ ।