समाचार

हिउँदमा लोडसेडिङको सम्भावना बढ्योः कुलमान

काठमाडौं, साउन २० । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदमा लोडसेडिङ व्यवस्थापन गर्न कठिन हुने बताएका छन् । अत्यावश्यक समयमा बिजुली निकाल्न प्रयोग गरिने कुलेखानीको जलासयमा जलाशयमा पानी कम भएका कारण हिउँदमा लोडसेडिङको सम्भावना बढ्न सक्ने कार्यकारी निर्देशक घिसिङले बताएका हुन् । 
जलाशयमा कानी कम भएका कारण नेपाल विद्युत प्राधिकरणले कुलेखानी आयोजना सञ्चालन गरेको छैन । वर्षा कम भएपछि यो वर्ष कुलेखानी आयोजनाको जलाशय भरिन सकेको छैन । गत वर्ष साउन तेस्रो साता १५१४ मिटर पुगेको पानी अहिले सोही अवधिमा १५०७ मिटरमात्र छ । पोहोरभन्दा अहिले कुलेखानी जलाशयमा सात मिटर पानी कम छ ।