समाचार

अनसनरत डा. केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै

काठमाडौं, २० साउन । चिकित्सा शिक्षा सुधारलगातका विभिन्न माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । अनशनको एघारौं दिन बिहीबार केसीको रक्तचाप निकै कम हुनका साथै महत्वपुर्ण अंग सञ्चालनमा आवश्यक पर्ने ईलेक्टोलाईडको मात्रा घटेको उपचारमा संलग्न डा. दिब्यासिंह शाहले बताइन् ।