समाचार

विरामीको ज्यान गएपछि ओम अस्पतालमा तनाव

काठमाडौं, १९ साउन । काठमाडौंको ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा पत्थरीको अपरेसन गर्न भर्ना भएकी एक विरामीको उपचारका क्रममा मृत्युभएपछि स्थिति तनावग्रस्त बनेको छ ।  गोर्खा घर भइ हाल चाबहिलमा बस्दै आएकी ५५ बर्षे नन्दकुमारी लामिछानेको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरुले डाक्टरहरुको लापर्वाहीले मृत्यु भएको भन्दै विरोध जनाएका हुन् । 
विरामीको के कति कारणले मृत्यु भयो भनि सोध्न खोज्दा अस्पताल प्रशासनले वेवास्ता गरेको र उल्टै प्रहरी बल प्रयोग गरी घटनालाई लुकाउन खोजेको मृतकका आफन्तको आरोप छ । 
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिषरमा केहीबेर नाराजुलुस समेत गरेका थिए ।
चिकित्सकहरुले भने आफूहरुले अपरेसनमा कुनै लापर्वाही नगरेको सोही क्रममा विरामीलाई हृदयघात भएको र उनको मृत्यु भएको बताएको छ । बुधवार उपचारका लागि हिडेर गएकी लामिछानेको लामिछानेको शल्यक्रियाको क्रममा मृत्यु भएको हो ।