समाचार

एमाले अध्यक्ष ओलीलाई निर्वाचन आयोगले पत्र काट्यो

काठमाडौं, १४ असार । निर्वाचन आयोगल आचारसंहिता उल्लंघनको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र काटेको छ । मौन समयमा पत्रकार सम्मेलन गरेको विषयलाई लिएर आयोगले ओलीलाई पत्र काटेको हो । साथै  आयोगले प्रेस चौतारीलाई समेत  स्पष्टीकरण सोधेको छ ।
मौन समय चलिरहेका बेला चौतारीको आयोजनामा ओलीले सोमबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरेका थिए । आचार संहिता विपरीत पत्रकार सम्मेलन गरेको भन्दै ओलीविरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले पत्र काटेको हो । आयोगले यसबारे के भएको हो भन्दै ओलीलाई पत्र पठाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘पूर्वप्रधानमन्त्रीलाई के भएको हो भनेर पत्र पठाइएको छ । प्रेस चौतारीलाई स्पष्टीकरण सोधिएको छ ।’