समाचार

प्रधानमन्त्रीको सुरक्षाका लागि गएको जिप दुर्घटना

धनगढी,  असार । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा भीमदत्त राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा आज दुर्घटनामा परेको छ । से १ ज १५०३ नं को सो जिप सडकमै पल्टिँदा नौ प्रहरी घाइते भएकामा दुई जनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुुढा मगरले बताए । प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरामा मतदान गरी धनगढीतर्फ आउन लागेको बताइएको छ । 
सेनाको जिप दुर्घटना
रैमादेवी गाउँपालिका भुवनपोखरीमा निर्वाचन सुरक्षाका लागि गस्तीमा गइरहेको नेपाली सेनाको जिप बुधबार दुर्घटनामा परेको छ। सेनाको ग१ज ५९६६ नंको सो जिप दुर्घटनाबाट रोल्पा निवासी सेनाका जवान कृष्ण राउत घाइते भएका छन्।