समाचार

राजविराजमा बम विस्फोट गराउने दुईजना पक्राउ

सप्तरी,  असार । नापी कार्यालय राजविराजमा बम विस्फोट गराउने दुईजना अभियुक्तलाई थुनामा पठाइएको छ । सो अभियोगमा पक्राउ परेका सप्तरीका विष्णुपुर गाउँपालिका–७ का १९ वर्षीय आदित्य शर्मा र रुपनी गाउँपालिका–१ का ३३ वर्षीय मोहम्मद नसिरलाई पुर्पक्षका लागि थुनामा पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए। 
राजविराज–छिन्नमस्ता सडकखण्डमा चेकजाँचका क्रममा अन टेस्ट मोटरसाइकल चढेर जाँदै गरेका शर्मालाई प्रहरीको विशेष टोलीले जेठ १३ गते हतियार र जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्तिकारी०को पर्चासहित पक्राउ गरेको थियो भने नसिरलाई मेड इन इन्डिया लेखिएको एक थान पेस्तोल र सोमा प्रयोग हुने दुई राउन्ड गोली तथा पाँचसय ग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको थियो । 
राजविराज नपा–८ स्थित नापी कार्यालयमा गत वैशाख २९ गते उनीहरुले प्रेसरकुकर बम विस्फोट गराएको प्रहरीको भनाइ छ ।