भक्तपुर, ९ असार । ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटि तथा एभरेस्ट इंगलिस स्कुलको संयुक्त आयोजनामा आयोजित उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगितामा आयोजक एभरेस्ट इंगलिस स्कूलकी विनिशा प्रधान प्रथम भएकी छिन ।
प्रतियोगितामा मोर्डन स्कुलकी सोनिसा राउत र एभरेस्ट स्कुलका सगुन देवकोटा दोस्रा तथा विद्यासंस्कार स्कुलकी जागृति लुँइटेल, सोही स्कुलका साइमन अधिकारी र सैनिक महाविद्यालयकी युरिका कार्की तृतीय भए ।
व्यक्तित्व, मित्रता र निरोगिताका निम्ति खेलकूद विषयक सो प्रतियेगितामा उपत्यकाका मोर्डन बोर्डिंग स्कुल, विद्यासंस्कार स्कुल, काठमाडौ मोडेल स्कुल,, सैनिक आवाशिय महाविद्यालय, इपिएस स्कुल, कान्जिरोवा नेशनल स्कुल र आयोजक एभरेस्ट इंगलिस स्कुल गरि ७ विद्यालयका १४ विद्यार्थी सहभागी थिए । एभरेस्ट स्कुलका एकजना विद्यार्थीले अप्रतियोेगिको रुपमा भाग लिएका थिए ।
विजयी विद्यार्थीहरुलाई भक्तपुरका संस्कृतिवीद् एवम् साहित्यकार तेजेश्वरबाबु ग्वंग तथा एभरेस्ट इंगलिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो । नेपाली विषयका शिक्षकद्वय जीवनाथ अधिकारी र कान्छा खत्री निर्णायक हुनुहुन्थ्यो । कार्यक्रमको सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य हुनुहन्थ्यो ।
Comments