समाचार

कांग्रेसले ३५ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि, को कहाँ ?

काठमाडौं, ६ असार । आसन्न स्थानीयत तहको दोस्रो चरणको निर्वाचनका लागि संसदको ठूलो दल नेपाली कांग्रेसले ३५ जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरेको छ । पहिलो चुनावमा अपेक्षाकृत परिणाम हात नपरेपछि दोस्रो चरणको चुनावका लागि कांग्रेस दत्तचित्त भएर लागेको छ । कांग्रेसले यही असार १४ गते हुने चुनावमा पार्टी उम्मेदवारलाई सघाउन केन्द्रीय नेताहरुलाई जिल्ला–जिल्लामा पठाउने भएको हो । 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको निर्वाचन परिचालन समितिको सोमबारको बैठकले ३५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । बिराटनगर महानगरमा पूर्वगृहमन्त्री विमलेन्द्र निधिलाई खटाइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । प्रकाशमान सिंहलाई संखुवासभा, अर्जुननरसिंह केसीलाई सुनसरी, चित्रलेखा यादवलाई बर्दिया र गगन थापालाई दार्चुलामा खटाइएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले निर्वाचन अनुगमन गर्न डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन अनुगमन कार्यदल समेत गठन गरेको छ । यो कार्यदलमा महालक्ष्मी उपाध्याय डिना, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, चिनकाजी श्रेष्ठ र दिलबहादुुर घर्ती छन् ।

को कहाँ खटाइए ? 
१. ताप्लेजुङ    भीमसेनदास प्रधान (काठमाडौँ)
२. पाँचथर    अर्जुनप्रसाद जोशी (पर्वत)
३. इलाम    श्यामकुमार घिमिरे (सिन्धुली)
४. झापा    डा. रामशरण महत (नुवाकोट)
५. संखुवासभा    प्रकाशमान सिंह (काठमाण्डौं)/जीवन परियार (कास्की)
६. तेह्रथुम    जगदीशश्वर नरसिंह के.सी. (नुवाकोट)
७. भोजपुर    बहादुरसिंह लामा तामाङ (नुवाकोट)
८. धनकुटा    मोहनबहादुर बस्नेत (सिन्धुपाल्चोक)
९. मोरङ    बिमलेन्द्र निधि (धनुषा)
१०. सुनसरी    अर्जुननरसिंह के.सी. (नुवाकोट)
११. सोलुखुम्बु    यज्ञबहादुर थापा (कास्की)
१२. खोटाङ    राजेन्द्रकुमार के.सी. (काठमाडौं)
१३. ओखलढुंगा    प्रकाश शर्मा पौडेल (बाग्लुङ)
१४. उदयपुर    तेजुलाल चौधरी (सप्तरी)
१५. गुल्मी    चन्द्रबहादुर कुँवर (लम्जुङ)
१६. पाल्पा    ध्रुव वाग्ले (तनहुँ)
१७.अर्घाखाँची    कमला पन्त (गोरखा)
१८. नवलपरासी    रोमी गौचन थकाली (मुस्ताङ)/रंजीत कर्ण  (सप्तरी)
१९. रुपन्देही    महेन्द्र यादव (धनुषा)/शंकर भण्डारी (तनहुँ)
२०. कपिलवस्तु    धनराज गुरुङ (स्याङ्जा)/रामकृष्ण यादव  (धनुषा)
२१. रुकुम    गोविन्द भट्टराई (तनहुँ)
२२. रोल्पा    उदयशम्शेर राणा (ललितपुर)
२३. प्यूठान    रामचन्द्र पोखरेल (तनहुँ)/खड्गबहादुर बस्याल (सुर्खेत)
२४. दाङ    सुरेन्द्रराज पाण्डे (गोरखा)
२५. बाँके    हृदयराम थानी (सुर्खेत)
२६. वर्दिया    चित्रलेखा यादव (सिरहा)/उमाकान्त चौधरी (वारा)/रेशमबहादुर वानियाँ (म्याग्दी)
२७. बाजुरा    ईन्द्र वानिया (मकवानपुर)
२८. अछाम    मोहनप्रसाद बराल (सिन्धुली)
२९. बझाङ    प्रदीप पौडेल (तनहुँ)
३०. डोटी    चन्द्र महर्जन (ललितपुर)
३१. कैलाली    रत्न शेरचन (बाग्लुङ)
३२. दार्चुला    गगनकुमार थापा
३३. बैतडी    तप्तबहादुर विष्ट (सुर्खेत)
३४. डडेल्धुरा    शेषनाथ अधिकारी (चितवन)
३५. कञ्चनपुर    जीवनबहादुर शाही (हुम्ला)