काठमाडौं, ५ असार । शुक्रबार प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल अनुसार सी, डि प्लस, डि र ई जिपिए ल्याउनेको संख्या २ लाख ६० हजार हुँदा पनि शिक्षा मन्त्रालय मौन भएकोमा सञ्चारकर्मी र शिक्षावीद्हरुले गुनासो गरेका छन् ।
घोषित परीक्षाफल अनुसार जिपिए सि ल्याउने १ लाख ८४ हजार ६४, डी प्लस ल्याउने ६४ हजार ५७७, डी ल्याउने ११ हजार २८५ र इ ल्याउने १५ जना रहेका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्धारा सार्वजनिक शिक्षा सुदृढीकरण र शिक्षा पत्रकारको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा शिक्षक मासिक पत्रिकाका सम्पादक एवम वरिष्ठ सञ्चारकर्मी राजेन्द्र अर्यालले एसईईको नतिजालाई आधार मानेर हेर्ने हो भने परीक्षामा कम अंक ल्याउने विद्यार्थीको संख्या बढ्दा पनि मन्त्रालयले आफ्नो भनाई सार्वजनिक नगर्नु अचम्मको कुरा भएको बताए ।
संघीयतामा शिक्षाको व्यवस्था कस्तो हुने भन्ने विषयमा पनि संविधान बनेको दुईवर्ष हुनलाग्दा पनि शिक्षा मन्त्रालयले कुनै खाका नबनाएकोमा पनि उनले गुनासो गरे ।
२०२८ सालमा बनेको शिक्षा ऐन अझैसम्म परिमार्जन हुन नसकेको पनि उनले गुनासो गर्दै सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्नु सञ्चारकर्मीको दायीत्व भएको पनि बताए ।
कर्यक्रममा वष्ठि शिक्षाविद् डा.मनप्रसाद वाग्लेले शिक्षाका विकृतिरविसंगतीका बारेमा तथा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले सुचनाको हक र सूचना संकलन तथा सम्प्रेषणका बारेमा सञ्चारकर्मीलाई जानकारी गराएका थिए।
Comments