समाचार

लेखनाथ महानगरमा एमालेका मानबहादुर र मञ्जु विजयी

कास्की, १२ जेठ । पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसी विजयी भएका छन्।  उनले नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुँबरलाई १४ हजार ७ मतान्तरले हराउँदै विजयी हासिल गरेका छन् ।  मानबहादुर जिसीले ६० हजार ४ सय २३ मत ल्याए भने उनका निकतम् प्रतद्वन्द्वी रामजी कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरे । 
उममेयरमा पनि एमालेकै मन्जु देवि गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत  प्राप्त गरेकी छन् । लेखनाथ महानगरको मत परिणाम सार्वजनिक भएसँगै निर्वाचन सम्पन्न भएका २ सय ८३ तहमध्ये २ सय ८० स्थानको मत परिणाम आएको छ । 
पछिल्लो परिणाम अनुसार नेकपा एमालेले अहिलेसम्म १ सय २३ स्थानीय तहको प्रमुख पदमा विजयी भएको छ । त्यस्तै, नेपाली कांग्रेसले १ सय ४ तहको प्रमुख पद जितेको छ । नेकपा माओवादी केन्द्रले ४६ ठाउंमा जितेको छ । राप्रपा, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नयां शक्तिले एक एक प्रमुख पद जितेका छन् । ३ स्वतन्त्र उम्मेद्वारले पनि प्रमुख पद जित्न सफल भएका छन् । अहिले दुई महानगर र बांकी स्थानको मतगणना भइरहेको छ ।