समाचार

क्यानेडियन मेडिकल विद्यार्थी र काव्यका विद्यार्थीवीच संवाद

काठमाडाैं, बैशाख । क्यानाडाको युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियामा एमबिबिएस विषय अध्ययनरत ९ जना स्वयमसेवक विद्यार्थीको टोली काव्य स्कुल नयाँबानेश्वरमा आएर नयाँ रोग सिक्केल सेलको बारेमा जानकारी गराउँदै ५ देखि १० कक्षासम्मका ३०० विद्यार्थीसंग अन्तरकृया गरेका छन् ।  
हँसियाको आकारमा बढ्ने वंशानुगत रोग सिक्केल सेलबारे उनीहरुले काव्यका विद्यार्थीलाई जानकारी गराउँदै यसबाट बच्न पनि सिकाएका थिए । पञ्जावी मुलका क्यानेडियन मेडिकल विद्यार्थी विकास शर्माको नेतृत्वमा आएको सो टोलीमा मिचेल जय, सोफि लि, केभिन लियांग, एलिस लिउ, नेहा सैनी, माया रोजेन क्रान्त, जेसी स्पुनर, नताशा बेन्सन सहभागी थिए ।  क्यानाडाका मेडिकल विद्यार्थीहरु चावहिलस्थित वालवालिकाको घर ‘खुसी घर’  हेर्न नेपालमा आएको सन्दर्भमा काव्य स्कुलमा आएका थिए ।