समाचार

राप्रपा उम्मेदवारको गाडीमा आगजनी

नवलपरासी, २६ बैशाख । नवलपरासीको कावासोतीमा गएराति राप्रपाको चुनावी प्रचार प्रसारमा रहेको एउटा भ्यानमा अज्ञात समुहले आगजनी गरेका छन् ।  बा १३ च ७१५०  टाटा सुमोमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । घरमा रोकी राखिएको गाडीमा आगजनी गरिएको प्रहरीले जनाएको छ । उक्त गाडी कावासोती १४ का राप्रपा वडाध्यक्ष उम्मेदवार लालप्रसाद बरालले प्रयोग गर्दै आइरहेका थिए । आगजनी कस्ले गरेको हो भन्ने विषय प्रहरीले अनुसन्धान जारी राखेको छ ।