यहि मे २१ तारिख आईतबार न्यूयोर्कको म्यानहाटनमा नेपाल चिनाउने ‘नेपाल डे परेड–२०१७’ हुँदैछ । विश्वको राजधानी मानिएको न्यूयोर्क सहर, जहाँ संसारभरका मानिसहरुको उपस्थिति देखिने ठाउँमा नेपाल चिनाउने अवसर पाउनु हाम्रो लागि गौरवको दिन हो । यो दिनलाई हामीले साच्चिकै सदुपयोग गर्नै पर्छ । त्यो हाम्रो कर्तव्य पनि हो ।
गतवर्षबाट सुरु भएको यो ऐतिहासिक उत्सव दोश्रो वर्षमा आईपुग्दा अझै परिपक्व र व्यवस्थित बन्नु पर्छ र त्यो तपाई हामीले नै बनाउने हो । मातृ भूमिप्रतिको अगाध माया, हाम्रो संस्कृति र परम्परालाई म्यानहाटन सहरमा प्रदर्शन गर्न पाउने यो ऐतिहासिक अवसरलाई सबै मिलेर सफल बनाउनै पर्छ ।
‘नेपाल डे परेड–२०१७ को आयोजना कसले ग¥यो, उसलाई किन आयोजकमा राखेन वा यसलाई किन यो पद दियो ?’ भनेर कचिंगल मच्चाउने बेला होइन यो । यो ऐतिहासिक कार्य जसले सुरु ग¥यो, ऊ महान् हो तपाई हाम्रा लागि । विरोध गर्नेहरुले त सधै विरोध गरिरहन्छन् र खोट लगाई रहन्छन् । तर यस्तो कार्यमा अनावश्यक विवाद निकालेर भातृभूमि चिनाउने अवरलाई खण्डित गर्ने कुचेष्टा जसले गर्छ, त्यसले नेपाली डायस्पोराबाट ठूलै मूल्य चुकाउनु पर्छ । मे २१ मा नेपाल डे परेड हुन्छ, त्यो कसैले रोकेर रोकिदैन, चाहे त्यहाँ आयोजक मात्र सहभागि किन नहुन् । त्यसैले यस्तो ऐतिहासिक दिनमा तपाई हामी एक भएर परेडमा सहभागि हुनैपर्छ । हाम्रो भाषा, कला र संस्कृतिलाई विश्वसामु प्रदर्शन गर्दै नेपाल चिनाउने यो अवसरको सदुपयोग गर्नैपर्छ । आनुहोस्, हातमा हात र साथमा साथ मिलाऔं, अनि संगै जाऔं म्यानहाटन ।
अहिले न्यूयोर्कको नेपाली डायस्पोरा नेपाल चिनाउने महान दिन ‘नेपाल डे परेड’ को तयारीमा जुटेको छ । संसारको राजधानी मानिएको न्यूयोर्क सहरमा आगामी मे २१ तरिखमा दोश्रो नेपाल डे परेड हुँदैछ । न्यूयोर्क सहरले गत वर्ष नै यो दिनलाई नेपाल डेको रुपमा घोषणा गरिसकेको छ । परेडका लागि ४० भन्दा बढि नेपाली संघसंस्थाहरु अग्रपंक्तिमा लागेका छन् । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकालगायत ४० भन्दा बढि नेपाली सामाजिक संस्था आयोजक रहेको नेपाल डे परेडलाई नेपाली महावाणिज्यदुतावास, न्यूयोर्कले विशेष सहयोग गर्ने भएको छ ।
म्यानह्याटनको मेडिसन ३८ स्ट्रिट देखि २७ स्ट्रिटका बीच गरिने यो परेडका लागि आयोजक आफ्नो तयारी तिब्र गतिमा अघि बढाएको छ । यो परेडमा न्यूयोर्क सिटीका मेयर विल द व्लाजिओ प्रमुख अतिथिका रुपमा उपस्थित हुने भएकाछन् । परेडलाई गत वर्षको भन्दा थप व्यवस्थित र विविधताले भरिपूर्ण बनाईने आयोजकले जानकारी दिएका छन् ।
परेडमा नेपाल चिनाउने सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिने आयोजनकले जानकारी दिएका छन् । परेडमा सहभागिताका लागि न्यूयोर्क आसपासका क्षेत्रहरुबाट नेपालीहरुको सहभागिता रहने भएको छ ।
गत वर्ष नेपाली राजनीतिक दलका भातृ संगठनहरु पनि आयोजक समितिमा रहेकोमा यो वर्षभने उनीहरु बाहिर छन् भने गत वर्ष आयोजक समिति बाहिर रहेका सामाजिक संस्थाहरु आयोजक समितिमा रहेका छन् । नेपालको गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिने नेपाल डे परेडमा राजनीतिक दलका भातृ संगठनहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिने कन्भेनर मंगलदास श्रेष्ठले जानकारी दिए । उनी भन्छन्– ‘नेपालका राजनीतिक दलका भातृ संगठनहरु जो यहाँ पनि क्रियाशील छन्, उहाँहरुलाई हामीले विशेष अतिथिको रुपमा निम्ताएका छौ । नेपाल र नेपालीको गौरवको लागि गर्न लागेको यो परेडमा कसैले पनि सानो मन राख्नु हुन्न भन्ने हाम्रो विश्वास छ ।’
पहिलो परेडको आयोजक संस्थाको सूचीमा रहेका नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति, अमेरिका र एमाले निकट प्रवासी नेपाली मञ्च, अमेरिका यो परेडको आयोजक सूचीमा छैनन् । आफूहरुलाई आयोजक संस्थामा नराखिएको तथा छलफल नै नगरिएको भन्दै प्रवासी नेपाली मञ्च, अमेरिकाका निवर्तमान अध्यक्ष सञ्जय थापाले फेसबुकमार्फत गुनासो गरेका छन् ।
परेडको आकर्षण
दोश्रो नेपाल डे परेड मे २१ तारिख आईतबार मध्यान्ह १२ बजेबाट म्यानह्याटनको मेडिसन एभिन्यू र ३८ स्ट्रिटबाट आरम्भ हुने छ भने २७ स्ट्रिटमा पुगेर विशेष सांस्कृतिक कार्यक्रम गरि परेड समापन गरिनेछ । परेडमा नेपाल झल्किने र नेपालीको गौरव बढाउने विविध जातीय, मौलिक एवं परम्परागत झाँकी प्रस्तुत गरिने भएको छ । त्यस्तै विभिन्न संघ संस्थाको व्यानर सहित विभिन्न प्लेकार्डसहित सहभागितहरु परेडमा उपस्थित हुने भएका छन् । परेडमा प्रस्तुत गरिएका विविध सांस्कृतिक झाँकी एवं कलाकारहरुको प्रस्तुति एकीकृत रुपमा २७ स्ट्रिटमा पुगेर दुई घण्टासम्म प्रस्तुत गरिनेछ ।
परेड गत वर्ष कै निरन्तरता भए पनि थप व्यवस्थित हुने २०१६ का कन्भेनर लुईसाईङ डब्लु तामाङले बताए । उनी भन्छन्– ‘दोश्रो नेपाल डे परेड पहिलो परेडकै निरन्तरता हो । यसमा कुनै शंका नगर्नु होला । जहाँसम्म थप कार्यक्रमको प्रसंग छ मलाई लाग्छ पहिलो परेडभन्दा पक्कै पनि यस पटक सुदृढ र व्यवस्थित परेड हुदैंछ ।’
११ सदस्यीय स्टेरिङ कमिटि र ७ उपसमिति
परेडलाई व्यवस्थित बनाउन ११ सदस्यीय स्टेरिङ कमिटि बनाईएको छ भने ७ उपसमिति गठन गरिएको छ । उपसमितिहरुमा आर्थिक, सांस्कृतिक देखि प्रचार–प्रसारसम्म रहेका छन् ।
कन्भेनर, नेपाल डे परेड–२०१७
मंगल दास श्रेष्ठ
सदस्यहरुः
रविकिरण कोइराला
उर्गेन शेर्पा
अमित शाह
सुमन बुढामगर
संगीनी रानामगर
भोजराज थोकर
सृजना स्याङदान
कुन्ती थापा
विजया सिम्खडा
गीता पन्थ
उप–समितिहरुः
आर्थिक समिति ः रविकिरण कोइराला
झाँकी समिति ः डम्बर जंग गुरुङ
स्वयम् सेवक समिति ः राजकुमार विष्ट
र्याली ब्यावस्थापन समिति ः मणी बाङ्देल
सांस्कृतिक समिति ः सुमन बुढामगर, सृजना स्याङ्दान र अभय ढुङ्गेल
सरसफाई समिति ः लुईसाङ वाईबा तामाङ
प्रचाररप्रसार समिति ः गीता पन्थ
परेडका आयोजक संस्थाहरु
१) नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)
२) नेपाली अमेरिकन कलाकार संघ, उत्तर अमेरिका
३) गैर आवासीय नेपाली संघ, न्यूयोर्क च्याप्टर
४) युनाईटेड शेर्पा एशोसियसन, युएसए
५) रिज्उड नेपाली समाज,
६) तामाङ सोसाईटी अफ अमेरिका
७) गुरुङ (तमु) सोसाईटी, युएसए
८) ग्यालसुन्दो सेवा संस्था, युएसए
९) किरात राई सोसाईटी अफ अमेरिका
१०) मगर एशोसियसन अफ अमेरिका
११) वलुङ कम्युनिटी अफ नर्थ अमेरिका
१२) नेवाः गुठी अमेरिका
१३) मुस्ताङ्ग किदुग, युएसए
१४) ह्योल्मो सोसाईटी अफ अमेरिका
१५) मनाङ्ग समाज, अमेरिका
१६) तमु परिवार, न्यूयोर्क
१७) सुनुवार सोसाईटी अफ अमेरिका
१८) युनाईटेड मुगुम अर्गनाईजेसन
१९) नुप्री एशोसियसन, युएसए
२०) ढोकप्या किदुग, युएसए
२१) लङ्ग आईल्याण्ड नेप्लिज सोसाईटी
२२) न्यूजर्सी नेपाली कम्युनिटी
२३) सन्नीसाईड नेप्लिज कम्युनिटी
२४) बाल्टीमोर एशोसियसन अफ नेप्लिज ईन अमेरिका
२५) एशोसियसन अफ नेप्लिज फिजिसियनस् ईन अमेरिका
२६) भोजपुर समाज, युएसए
२७) लायन्स क्लव अफ कुर्ईन्स, नेप्लिज
२८) लायन्स क्लव अफ कुईन्स, बुद्ध
२९) सोसाईटी अफ नेप्लिज ईन अमेरिका, कनेक्टीकट
३०) आदिवासी जनजाति महिला महासंघ, अमेरिका
३१) म्याग्दी समाज, बाल्टिमोर
३२) नेप्लिज अमेरिकन नर्स एशोसियसन
३३) नेप्लिज अमेरिकन कल्चर एशोसियसन
३४) नेप्लिज अमेरिकन सोसाईटी अफ ओप्रेस्ड कम्युनिटी
३५) वुमन फर कज, न्यूजर्सी
३६) मगर एशोसियसन अफ अमेरिका, न्यूयोर्क च्याप्टर
३७) किरात याक्थुङ चुम्लुङ, अमेरिका
३८) हिमालयन बुद्धिष्ट कम्युनिटी ईन अमेरिका
३९) अन्तराष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टर
आयोजकले यो परेडका लागि करिव २५ हजार अमेरिकी डलर खर्च हुने अनुमान गरेको छ । त्यसका लागि प्रायोजकहरुबाट रकम संकलन गरिने र गत वर्षको बाँकी रहेको रकम खर्च गरिने आयोजकले जानकारी दिएका छन् ।
Comments