समाचार

नवराज सिलवालको मुद्दाको सुनुवाई स्थगित

काठमाडौं, १९ बैशाख । महानिरीक्षक नियुक्तिका क्रममा आफुलाई अन्याय भएको भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिट निवेदनको सुनुवाई स्थगित भएको छ। तत्कालिन प्रधानन्यायधीश सुशीला कार्कीले उक्त रिटको सुनुवाई आज तोकेकी थिइन् । अव यो मुद्दाको सुनुवाई कहिले हुन्छ भन्ने कुरा स्पष्ट भइसकेको छैन।
चैत २८ गते सरकारले प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त गरेपछि सिलवालले कार्यसम्पादन मुल्यांकनमा आफ्नो नम्बर अर्यालको भन्दा बढि रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।