काठमाडौं– नेपालको न्यायिक इतिहासमै पहिलोपटक प्रधानन्याधिसमाथि महाअभियोग लगाइएको छ। आइतबार सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक तिहाइ सभासदले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।
प्रस्तावमा कांग्रेसका १ सय ८९ र माओवादीको ६० सांसदले हस्ताक्षर गरेका छन्। महाअभियोग प्रस्ताव दर्तासँगै कार्कीलाई निलम्बन गर्न राष्ट्रपति कार्यालयमा पत्र पनि पठाइसकिएको छ। एक तिहाइ संसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि पद स्वतः निलम्बनमा पर्ने संवैधानिक व्यवस्था छ।
प्रधानन्यायाधीश कार्कीले सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको लगायतका आरोप लगाइएको छ।
Comments