समाचार

अदालतको आदेशलगतै सिलवाल रिहा

काठमाडौं, बैशाख । सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका नेपाल प्रहरीका एआईजी नवराज सिलवाल थुनामुक्त भएका छन् । प्रहरी प्रधान कार्यालयमा सोधपुछका लागि लगिएका डिआईजी सिलवाललाई प्रधानन्यायाधीश सुशीला कार्कीको आदेश पछि रिहा गरिएको प्रहरी हेडक्वार्टरका एक उच्च अधिकारीले जानकारी दिए । 
उनका अनुसार प्रहरीले प्रधान कार्यालयमा रहेका सिलवाललाई सर्वोच्चका रजिष्टार नृपध्वज निरौंला र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा छाडिएको हो । रिहाईपछि डिआईजी सिलवाल कार्यालय नगएर निवासतिर लागेका छन् । प्रहरीको टोलीले सोधपुछका लागि भन्दै आज बिहान सिलवाललाई पक्राउ गरी हिरासतमा राखेको थियो । उनलाई सरकारी कागजको किर्ते गरी दुरुपयोग गरेको आरोप लगाइएको छ ।