मनोरंजन

कलाकारको होली भव्य बन्यो (फाेटाे फिचर)

काठमाडौं, फागुन । रंगहरुको पर्व होलीमा नेपाली कला क्षेत्रका प्रायः कलाकारहरु रंगमा रंगिए । सदा झै यस वर्ष पनि बरिष्ठ नायिका करिश्मा मानन्धरले आफ्नै निवासमा होलीको विशेष कार्यक्रमको आयोजना गरिन् । उनले आयोजना गरेको होली विशेष कार्यक्रमा बरिष्ठ देखि कनिष्ठसम्मका प्रायः कलाकार उपस्थित भएका थिए । त्यस्तै गोपीकृष्ण मुभिजले पनि कलाकारहरुको होलीलाई प्रत्यक्ष प्रसारण गरेको थियो । जहाँ पनि प्रायः कलाकार पुगेकै थिए । त्यस्तै निर्माता छवी ओझाले पनि चलचित्र क्षेत्रका कलाकारहरुलाई बोलाएर होली विशेष कार्यक्रमको आयोजना गरे । त्यस्तै निर्देशक मदुसुधन भट्टराईले पनि आफ्नो चलचित्र निर्भयको प्रचार प्रसारका लागि होलीको टिसर्ट नै प्रिन्ट गरी कलाकारहरुलाई प्रदान गरे अनि कलाकारहरुसँग आफू पनि रंगिए । 
होलीमा अधिकांश चलचित्रकर्मीले आफ्ना चलचित्रहरुको प्रमोसनका लागि प्रचारबाजी गरे । चलचित्र क्षेत्रका कलाकार मात्र नभएर गायक गायिका पनि दिनभरजसो व्यस्त बने । उनीहरु होली विशेषका लागि आयोजना गरिएका कार्यक्रमहरुमा पुगेका थिए । 
नेपाली चलचित्रका चर्चित कलाकारहरु फागू पूणिर्मामा आत्मियता साट्दै रमाए । होली पर्वको अवसरमा रंग दल्दै, आत्मियता साट्दै कलाकारहरुले एक अर्कालाई शुभकामना दिए । जहाँ, नेपाली चलचित्र क्षेत्रका सबैजसो चलचित्रकर्मी पुगेका थिए । नायिका रेखा थापा, झरना थापा, संचिता लुइटेल, प्रियंका कार्कीदेखि नीता ढुंगाना, अनु शाह, पवित्रा आचार्य, खुश्वु खड्कासम्म करिश्माको होलीमा पुगेका थिए ।