समाचार

‘महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार’

काठमाडाैं- १ सय ७ औं अन्तराष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वोरोजगार’ भन्ने नाराका साथ नारी दिवस मनाइँदै छ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्युयोर्कमा कपडा कारखानाका काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडक आन्दोलन गरेरको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजबादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलनको आयोजना गरे, जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । सन् १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्विट्जरल्यान्ड आदि देशमा नारी दिवस मनाइयो । 
त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको अधिकार, समानता, सशक्तीकरण तथा मानवअधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ । दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणको क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको बताउनुभएको छ । 
यसैबीच, शुभकामना शुभकामना सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले लैङ्गीक समानात र महिला सशक्तिकरणका लागि पहल गर्न सबैसँग आग्रह गर्नुभएको छ ।