मनोरंजन

‘फेस अफ क्लासिक डायमण्ड’ बनिन् मुना गौचन

काठमाडौं– ललितपुरमा सम्पन्न ‘फेश अफ क्लासिक डायमण्ड २०१७’ को अवार्ड मुना गौचनले हात पारेकी छन् । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न कार्यक्रममा सबै प्रतिस्पर्धीलाई उछिन्दै मुनाले उपाधि चुम्न सफल भएकी हुन् । प्रतियोगितामा सोनी श्रेष्ठले फस्ट रनर अप तथा सोरु बराइलीले सेकेन्ड रनर अपको उपाधि जिते भने अनलाइन भोटिङबाट ‘बेष्ट ब्राइड क्लासिक भिअर्स च्वाइस अवार्ड’ मोडलद्वय पूजा श्रेष्ठ र जागृति मल्लले संयुक्त रुपमा हात पारेका थिए । 
फेस अफ क्लासिक डायमण्ड बन्न सफल भएकी मुनाले एक लाख बराबरको पुरस्कार हात पारेकी छिन् । उनले नगद पचास हजार तथा पचास हजार बराबरको ज्वेलरी हात पारेकी हुन् । त्यस्तै उनी क्लासिक डायमण्ड ज्वेलरीको ब्रान्ड एम्बेसडर समेत नियुक्त भएकी छिन् ।  प्रतियोगितामा भाग लिएका सबै प्रतिस्पर्धीलाई उछिन्दै अवार्ड हात पारेपछि मुना खुशीले गद्गद् भइन् । उनले भनिन्– ‘म दुई वर्षदेखि यही क्षणको प्रतिक्षामा थिए । मेरो सपना साकार भएको छ साथै चुनौती पनि उत्तिकै थपिएको छ, क्लासिक डायमण्डले मलाई ब्राण्ड एम्बेस्डर बनाएकोमा गौरवान्वित छु, मलाई प्रदान गरेको जिम्मेवारी लगनशीलताका साथ पालना गर्छु । यस ब्राण्डको व्यवसायिक सफलताका लागि हरदम खटिनेछु । र मलाई जिताउन प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग पु¥याउने सबैलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु ।’ 
यसैगरी फस्ट रनर अप बनेकी सोनी र सेकेण्ड रनर अप बनेकी सोरुले क्रमश ५० हजार र २५ हजार बजारको पुरस्कार हात पारेका छन् । जसमा सोनीले नगद पुरस्कार रु २५ हजार तथा २५ हजार बराबरको ज्वेलरी जितेकी हुन् भने सोरुले नगद १२ हजार ५ सय र १२ हजार ५ सय बराबरको ज्वेलरी हात पारेकी हुन् । 
उक्त ‘ग्राण्ड शो’मा उत्कृष्ट बनेका प्रतियोगिले बलिउड सेलिब्रटीसंग ¥यापमा उत्रिने अवसर पनि प्राप्त गरेका थिए । क्लासिक डायमण्डले आयोजना गरेको यो चौथो सिजनको प्रतियोगिताले मोडलहरुलाई विभिन्न अवसरहरु प्रदान गर्नुका साथै कला तथा मनोरञ्जन क्षेत्रमा स्थापित गराउन ठूलो मद्धत पु¥याउने डायमण्ड ज्वेलरीका कार्यकारी निर्देशक अमीर महर्जनले बताए । उनले भने– ‘अघिल्ला सिजनहरुमा उत्कृष्ट बनेका मोडलहरु स्थापित भइसकेका छन्, नयाँहरुलाई पनि हामीले धेरै अवसर प्रदान गरेका छौं । चौथो सिजनका विजेता तीनैजनालाई डायमण्ड ज्वेलरीको टेलिभिजन विज्ञापनका लागि अवसर दिने घोषणा गरिसकेका छौं । त्यस्तै उनीहरु क्लासिक डायमण्डको सन् २०१८ को क्यालेण्डरमा पनि छाउनेछन् ।’ उनले आगामी दिनमा गुणस्तरीय उत्पादनका साथै यस्ता प्रदर्शनीलाई पनि निरन्तरता दिने बताए । 
क्लासिक डायमण्डले आफ्ना ‘ग्राण्ड शो’हरुलाई निरन्तरता दिँदै आउँदो अप्रिल २८ र २९ तारिखमा काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा ‘पारागन ज्वेलरी फेसन शो’ गर्ने भएको छ । गहना निर्माता, विक्रेता तथा निर्यातकर्ता क्लासिक डायमण्ड ज्वेलर्सले यस अघि गरेका ग्राण्ड शोहरुमा बलिउडका मिनिशा लम्बा, जिनत अहमान, सुस्मीता सेन लगायतले उपस्थिति जनाइसकेका छन् । नेपाली मोडलिङ क्षेत्रको प्रवद्र्धनका लागि क्लासिक डायमण्डले देशका विभिन्न स्थानमा मोडलिङ सम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।