समाचार

आइजिपी निुयुक्ति विवादको बहस मंगलबार हुँदै

काठमाडौं– जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजिपीमा नियुक्त गर्ने निर्णय रोक लगाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई मंगलबारसम्मलाई सरेको छ। न्यायाधीश हरिकृष्ण कार्की र ईश्वर खतिवडाको इजलासमा दुवै पक्षलाई झिकाएर आइतबार बहस हुन लागेको थियो।  
तर महान्यायधीजक्ता रमण श्रेष्ठले आफूलाई जानकारी नभएको बताएपछि उनलाई जानकारीस् दिएर मंगलबार सुनुवाई गरिने भएको हो । सरकार निर्णयको प्रतिरक्षा गर्नु पर्ने भएकाले महान्यायधीवक्तालाई त्यसको जानकारी हुन अनिवार्य मानिन्छ । सरकारले वरियता क्रममा तेस्रो स्थानमा रहेका जयबहादुर चन्दलाई आइजिपीमा नियुिक्त गर्ने निर्णय गरेकै दिन सर्वोच्चले निर्णय तत्काल कार्यन्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको थियो।
चन्दको नियुक्ति बदर गर्न माग गर्दै आइजिपि पदका दाबेदार डिआइजी नवराज सिलवालले पनि सर्वोच्चमा रिट दायर गरेका थिए ।चन्दको नियुक्ति अगावै त्यसलाई राकी पाउँ भनि अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए भने नियुक्तिपछि त्यसलाई रोक्न अर्को पुरक रिट दायर गरेका थिए। यी दुवै रिटलाई हेर्न पनि सर्वोच्चले आदेश दिएको थियो।

आईजीपी नियुक्तिका लागि जयबहादुर चन्दको सिफारिस निर्णयपछि जेष्ठताअनुरुप नभएको भन्दै त्यसलाई रोक्न माग राखेर अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिटमा सुनुवाइको सूचनाविनै छलफलका लागि पेसी तय गरिएको भनी महान्यायाधिवक्तालगायत सरकारी वकिलले आपत्ति जनाएपछि आइतबारसको सुनुवाई रोकिएको हो ।